शुक्र, बैशाख २५, २०८३

महाकाली जनज्योती आधारभूत विद्यालयको ३१ औँ बार्षिकोत्सव


कञ्चनपुर, माघ २० कञ्चनपुरको भीमदत्त नगरपालिका ११भुजेला स्थित महाकाली जनज्योती आधारभूत विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालयले एक कार्यक्रमका विच ३१औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक तर्कराज जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै न्यूनतम स्रोत साधनका विच पनि विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि भईरहेको र आगामी दिनमा पनि निरन्तरतामा जोडदिए ।

शिक्षक अम्बादत्त जोशीले २५ हजार व्यक्तिगत तर्फबाट अक्षयकोष निर्माणका लागि सहयोग गरेका छन । भावि दिनमा अक्षयकोष बृद्धि गरेर त्यसबाट आउने ब्याजबाट विपन्न जेहेन्द्रार विद्यार्थीलाई छात्रबृति दिने योजना रहेको छ ।

विद्यालय व्यवस्थापन समितका कावा अध्यक्ष लक्ष्मण प्रशाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले विवित साँस्कृतिक कार्यक्रम प्रस्तुतका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रम अभिभावक, विद्यार्थी, शिक्षक सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

Leave a Reply