बिहि, बैशाख २४, २०८३

पशुस्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको मतदान हुदैधर्मा राेकाया,


कञ्चनपुर पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को प्रथम निर्वाचन अन्तर्गत मतदान भईरहेको छ । आज(शुक्रबार) विहान ८ बजेदेखि मतदान सुरु भएको थियो । मतदान बेलुका ४ बजेसम्म जारी रहनेछ । यस निर्वाचनबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्‍को उपाध्यक्ष १ जना, महिला सदस्य २ जना, खुला सदस्य २ जना र प्रत्येक प्रदेशबाट एक÷एक जना(जम्मा ७ जना) गरी जम्मा १२ जना निर्वाचित हुनेछन । उपाध्यक्ष पदका लागि काजी बहादुर श्रेष्ठ, लोकराज भुषाल तथा राम प्रसाद मेहताको बिचमा प्रतिस्पर्धा रहेको छ भने महिला सदस्यहरुमा चिना कुमारी लामा दिलमाया श्रेष्ठ, उमा बन्झाडे र गीता धमला बिच प्रतिस्पर्धा भईरहेको हो । त्यसैगरी खुला सदस्य तर्फ विभिन्न १२ जना प्रत्याशी रहेका छन् । प्रदेश सदस्य तर्फ कोशी बाट ३ जना मधेश प्रदेश बाट ४ जना, बागमतीबाट ३ गण्डकीबाट ४ लुम्बिनी बाट २ कर्णाली बाट ३ र सुदूरपश्चिमबाट २ गरी जम्मा २१ जना चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमबाट धन बहादुर चौधरी तथा लाल बहादुर बोहरा बिच प्रतिस्पर्धा भइृरहेको हो । परिषद्को निर्वाचनमा हालसम्म दर्ता भएका १३ हजार एक सय ३ जना दर्तावाल पशु स्वास्थ्य तथा पशु सेवा व्यासायी मतदाता रहनेछन् । सुदूरपश्चिम प्रदेशमा १ एक हजार ७ सय ८६ मतदाता रहेका छन् । पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् ऐन २०७९ बमोजिम परिषद्का १९ जना सदस्य मध्ये अध्यक्ष रजिष्ट्रार लगायत विश्व विद्यालय, सिटिइभिटी, नेपाल पशु चिकित्सा परिषद् तथा मन्त्रालयबाट प्रतिनिधित्व हुने अन्य पाँच जना सदस्यहरुको नियुक्ती नेपाल सरकारले गर्ने प्रावधान रहेको छ । परिषद्को निर्वाचनका लागि एक प्रदेशमा एक मतदान केन्द्र राखिएको छ । प्रत्येक मददान केन्द्रमा मतदान जारी रहेको छ । मतदान केन्द्र प्रदेश सदरमुकाममा रहने व्यवस्था छ । जस अनुसार कोशीको विराटनगर मधेश प्रदेशको जनकपुर बागमतीको हेटौडा लुम्बिनिको भैरहवा गण्डकीको पोखरा कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा मतदान केन्द्रमा मतदान भईरहेको नेपाल पारा भेटेरिनरी एण्ड लदाईभष्टक एशोसिएसनका केन्द्रिय सचिव श्याम खड्काले जानकारी दिए । एक प्रदेशमा एकमात्र मतदान केन्द्र भएको र विभिन्न दुर्गम जिल्लाबाट मतदाता प्रदेशको केन्द्रमा आएर मत दिनुपर्ने भएकोले मतदान प्रतिशत भने न्यून रहने सम्भावना छ ।

सम्बन्धित समाचार

Leave a Reply