बिहि, बैशाख २४, २०८३

बेलडाँडीमा १ हजार ९० किशोरीलाई एचपिभी खोप लगाइने


बेलडाँडी । बेलडाँडी गाउँपालिकाले १ हजार ८४ किशोरीलाई एचपिभी खोप लगाउने तयारी थालेको छ । जसले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिमलाई कम गर्न मद्दत गर्नेछ ।

गाउँपालिकाको स्वास्थ्य शाखाले शुक्रबार सरोकारवालासँगको छलफलमा ६ कक्षा देखि १० कक्षा सम्मका १ हजार ८४ जना र विद्यालय नजाने ६ जना गरी १ हजार ९० किशोरीलाई खोप लगाउने घोषणा गरेको हो ।

स्वास्थ्य शाखा प्रमुख माधवानन्द भट्टका अनुसार, यो खोप वितरण २२ माघदेखि २८ माघसम्म पालिका भित्रका सबै विद्यालयमा सम्पन्न गरि सक्ने गरेर लगाउने तयारी थालेको छ ।

२२ माघदेखि देशब्यापी रुपमा सुरु हुने यस अभियानले किशोरीहरूको स्वास्थ्यको रक्षा गर्दै उनीहरूको भविष्यलाई सुरक्षित बनाउने महत्त्वपूर्ण कदम हुने बताइएको छ ।

पालिका प्रमुख हरिशचन्द्र रानाले एचपिभी खोप अभियानको महत्त्वलाई उजागर गर्दै भने, “यस अभियानले हाम्रो गाउँपालिकाका किशोरीहरूको स्वास्थ्यको रक्षा मात्र होइन, सम्पूर्ण समुदायको स्वास्थ्यको स्तरलाई सुधार्ने काम गर्नेछ । हामी सबैको जिम्मेवारी हो, किशोरीहरूको भविष्यलाई सुरक्षित बनाउनु ।

यो अभियान सफल बनाउन सबैको सामूहिक प्रयासको आवश्यकता छ ।’यो खोपले पाठेघरको मुखको क्यान्सरको जोखिमलाई न्यून पार्नेछ र हाम्रो समाजलाई स्वस्थ राख्न मद्दत गर्नेछ ।

पालिका सरकारले यस अभियानलाई सशक्त र प्रभावकारी बनाउने प्रयासमा कुनै कसर बाँकी राख्ने छैन ।“ यस अभियानमा सबै विद्यालयका शिक्षक, स्वास्थ्यकर्मी र समुदायका सदस्यहरूको सक्रिय सहभागिता आवश्यक छ ।

हामी सबैको सहकार्यले मात्रै यस अभियानलाई सफल बनाउन सक्छौं ।कञ्चनपुर जिल्लामा २७ हजार ७६५ किशोरीलाई एचपिभी खोप लगाइने योजना बनाइएको छ, र यसलाई ४२६ खोप केन्द्रमार्फत वितरण गरिने छ ।

यस अभियानको माध्यमबाट सुदूरपश्चिम प्रदेशभरि २ लाख १ हजार ९३४ किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ ।यो अभियान किशोरीहरूको स्वास्थ्यको लागि अत्यन्त महत्त्वपूर्ण छ, जसले उनीहरूलाई क्यान्सरको जोखिमबाट बचाउँदै दीर्घकालीन स्वास्थ्यको सुरक्षा प्रदान गर्नेछ ।

सम्बन्धित समाचार

Leave a Reply