बिहि, बैशाख २४, २०८३

सुडामा मोटरसाइकल दुर्घटना: गम्भीर घाइते एकजनाको उपचारका क्रममा मृत्यु


कञ्चनपुर ।बेदकोट नगरपालिका–७ स्थित सुडामा मोटरसाइकल दुर्घटना गम्भीर घाइते भएका १ जनाको मृत्यु भएको छ ।

झलारीबाट महेन्द्रनगर गइरहेको म ३ प १४७१ नम्बरको मोटरसाइकल बिहिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका–१२ का ३२ वर्षीय हरिस खुनाको उपचारको क्रममा मृत्यु भएको हो।

सुडास्थित निर्माणाधीन कल्भर्टमा ठोकिएर उनी गम्भीर घाइते भएका थिए। बेलौरी नगरपालिका भकुण्डाका २१ वर्षीय अमृत चौधरीले चलाएको मोटरसाइकल कल्भर्टमा ठोक्किदा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार उपचारका लागि नवजीवन अस्पताल धनगढी पु¥याएपछि उपचारका क्रममा खुनाको मृत्यु भएको हो।

मृतक खुनाको पोस्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा पु¥याइएको छ। चालक चौधरी पनि प्रहरी नियन्त्रणमा रहेका छन्।

सम्बन्धित समाचार

Leave a Reply