
कञ्चनपुर, भदौँ २६ कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडाको बैजाथ टोलमा खुला देउडा कार्यक्रम गरिएको छ । नव प्रगतिशिल बैजनाथ सामुदायिक पुस्तकालय महिला उप तदर्थ समितिको आयोजना एव बेदकोट नपा ८ को समन्वयमा खुला देउडा कार्यक्रम गरिएको हो । पुस्तकालयको स्थापना प्रंचारप्रसारका साथै सुदूरपश्चिमेलीहरुको लोक संस्कृति सरक्षणका लागि खुला देउडा कार्यक्रम गरिएको जनाएको छ । बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश जोशीले ग्रामिण भेगको पुस्तकालय स्थापनार्थदेखि सुदूरको लोक संस्कृति, देउडा खेल सरक्षणका लागि टेवा पुग्ने बताए । गाँउमा युवादेखि जेष्ठ पुुस्ता रमाईरहेका छन ।
