बिहि, बैशाख २४, २०८३

विद्यालयको बृद्धि विकासका लागि निरन्तर सहयोग गर्छु ः पुर्वमन्त्री सरल


कञ्चनपुर, माघ १७

कञ्चनपुरको बेदकोट नगरपालिकाको एक सामुदायिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

बिहीबार एक कार्यक्रमका विच बेदकोट नगरपालिका १०चतहरीको रत्नमाविको ४२ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।

पुर्वमन्त्री एव सांसद ओम विक्रम भाट(सरल)ले एक कार्यक्रमका विच विद्यालयको बार्षिकोत्सवको उद्घाटन गरेका छन ।

निकुञ्ज छेउमै रहेको ग्रामिण भेगको उक्त विद्यालयको भौतिक बृद्धि विकासका लागि पुर्व समाजिक विकासमन्त्री भाटले आफ्नो तर्फबाट विगतकै जस्तो भावि दिनमा पनि पहल गर्ने बताएका छन ।

मैले यो विद्यालयको भौतिक पूर्वाधार एव शैक्षिक सुधारका लागि विगतमा जस्तै पछि पनि गर्ने छु, ‘उनले भने, ‘अहिले प्रदेश सरकारबाट आएको बजेटको आगामी बर्षहरुमा दोब्बर स्रोत जुटाउँछु ।

विगतदेखि पुर्वमन्त्री भाटले विद्यालयको बृद्धि विकासका लागि गर्दैै आएको योगदानको समेत विद्यालयले आभार प्रकट गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद भाटले सामुदायिक विद्यालयको बृद्धि विकासका लागि आफुले सदैव हातेमालो गर्ने समेत विश्वास दिएका छन ।

कार्यक्रमका बिशिष्ठ अथिति बेदकोट नगरपालिका १० का वडाध्यक्ष रतन सिह विष्टले वडाबाट विद्यालयको शैक्षर््िाक भौतिक बृद्धि विकासमा जोडदिएका छन ।

विद्यालयका पुर्व अध्यक्ष समेत रहेका माओवादी कञ्चनपुरका युवा नेता कैलास सुनारले पनि विद्यालयको बृद्धि विकासका लागि आफुले विगतकै जस्तै सहयोग गर्ने बताए ।

यस्तै कार्यक्रममा पुर्व पिटिएर अध्यक्ष जय ब. रोकायाले विद्यालयमा सरकारवादी पाटीले अनावश्यक राजनीतिक गरेको दुखेसो पोखेका छन ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष एव कार्यक्रम संयोजक समेत रहेका सागर सुनारले ग्रामिण दुरदराजको विद्यालयको बृद्धि विकासका लागि तीनै सरकार सहितका निकायले ध्यान दिनुपर्ने बताए ।

उनले गाँउको विद्यालय भएकाले शैक्षिक सुधारका लागि सरोकारवाला गम्भिर हुनुपर्ने बताए ।

विद्यालयको स्थापना गर्ने स्व. पटवारी राना सहितका विद्यालयको बृद्धि विकासमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक शेर बहादुर कार्कीले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर सुधारका लागि प्रयास भईरहेको बताए ।

प्रअ सार्कीले न्यूनतनम स्रोत साधनका विच गुणस्तरिय शिक्षा दिने कार्य भईरहेको दावि गर्दैै सरोकारवाला निकायबाट विद्यालयको बृद्धि विकासमा ध्यानाकर्षण गराए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लुहारको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी, अभिभावक, विद्यार्थी सहित सर्वसाधारणको सहभागिता रहेको थियो ।

शिक्षक केशवदत्त विष्टले कार्यक्रम संचालन गरेको कार्यक्रममा विद्यार्थीले नृत्य सहितका प्रस्तुती गरेका थिए ।

सम्बन्धित समाचार

Leave a Reply