बिहि, बैशाख २४, २०८३

तनहुँमा बस दुर्घटना हुँदा ११ जना घाइते


तनहुँ, भदौँ २६ ।तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ।तनहुँ प्रहरीकाअनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो। बसमा सवार रहेका ११ जना घाइते भएको प्रहरीले जनाएको छ। बसमा १५ जना रहेको बताइएको छ।

सम्बन्धित समाचार

Leave a Reply