महेन्द्रनगर । ब्रिक्सटन कलेजमा एमबीए र बीसीएको पठनपाठन हुने भएको छ । पोखरा विश्वद्यिालयले अनुमति दिएपछि यसै वर्षदेखि स्नातकोत्तर तहमा यी दुई संकायको पठनपाठन सञ्चालन गर्न लागिएको हो ।वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।भाँसीस्थित कलेजमा हालसम्म बीबीए पठनपाठन हुँदै आएको छ ।
कलेजमा सन् २००९ देखि बीबीए पठनपाठन गरिएको होटेल ओपेरामा मंगलबार कार्यक्रम गरी दुबै संकाय औपचारिक उद्घाटन गरिएको छ । पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन प्रा।डा। दयाराम ढकालले भिडियो अन गरी दुबै संकायको उद्घाटन गरे ।कार्यक्रममा केक काटेर समेत कािटएको छ । कलेजका प्रिन्सिपल डा। भोजराज पन्तले पोखरा विश्वविद्यालयको अनुमति दिएपछि यस वर्षदेखि बीबीए र बीसीएको पठनपाठन सुरु गरिने बताए ।
‘पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए सञ्चालन गर्दै आएका छौ, यस वर्ष थप दुई नयाँ कार्यक्रम एमबीए र बीसीए सञ्चालनको अनुमति पाएका छौ’ कार्यक्रममा प्रिन्सिपल पन्तले भने,‘त्यस अनुसार आज कार्यक्रम औपचारिक रुपमा लञ्च गरेका छौ ।’प्रिन्सिपल पन्तले नयाँ कार्यक्रमले सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुलाई बीबीए र बीसीए अध्ययनका लागि सहज हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा। ढकाल सहित विश्वविद्यालय सम्बन्धनमा सञ्चालित सुदूरपश्चिमका सबै कलेजका प्रतिनिधि, बैंक तथा वित्तिय संस्था, विद्यार्थी र शिक्षक कर्मचारी लगायतका सहभागी भएका छन् ।
सन् २००९ मा ब्रिक्सटन कलेज भीनपा ६ ऐठपुरबाट सञ्चालन गरिएको थियो । अहिले भीनपा ३ भाँसीमा आफ्नै भवनमा कलेज सञ्चालन गरिएको छ ।कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन ढकालले विश्वविद्यालयले व्यवस्थापन संकायको पाठ्यक्रम परिवर्तन गर्न लागेको जानकारी दिए । स्नातक र स्नातकोत्तर तह दुबैमा पाठ्यक्रम संशोधन हुने डिन ढकालले जानकारी दिए ।‘मैले डीनको जिम्मेवारी सम्हालेपछि टिभी अन्तरवार्तामा भनेको थिए, एसिया, दक्षिण एसिया जस्तो बनाउन नसकेपछि नेपालमा भने नम्बर वान बनाउँछु भनेर, त्यस अनुसार कोर्ष अपडेट गर्दैछौ’ उनले भने,‘बेचलर र मास्टर्स दुबैमा कोर्ष चेन्ज हुन्छ ।’विश्वविद्यालयका डीन ढकालले विद्यार्थीहरुको जीवन सफल बनाउने उद्देश्य राखेर पाठ्यक्रम परिवर्तन गर्न लागिएको बताए ।
‘जीवनलाई कसरी सफल बनाउने भन्ने ध्येय राखेर नै कोर्ष बनाइएको छ, जीवन कसरी सफल बनाउन सकिन्छ, त्यसमा केन्द्रित गरुेका छौ’ उनले भने,‘विद्यार्थीलाई कर्मजीवि बनाउनु, मानवताको व्यवहार गर्न सक्ने बनाउनु र रिसर्च गर्न सक्ने क्षमताको जनशक्ति उत्पादन गर्न चाहन्छौ ।’कार्यक्रममा नास्टका प्रमुख प्रेम बहादुर चन्द, नेपाल वेस्टर्न इन्जिनियरिङ्ग कलेज धनगढीका शैलेश सिह लगायतले मन्तव्य राखे ।
कार्यक्रममा नास्टका प्रबन्ध निर्देशक शिवहरि मुडभरी, अमिटी कलेजका प्रिन्सिपल रविन्द्र अवस्थी, प्याब्सन केन्द्रीय सल्लाहकार डा। हिरा चन्द लगायतका सहभागी भए ।कलेजका सल्लाहकार निशा भट्टले स्वागत मन्तव्य राख्दै कलेजले समय सापेक्ष सुहाउँदै शिक्षा प्रदान गर्दै आएको बताइन् ।
ब्रिक्सटन कलेजका अध्यक्ष डा। नेत्रराज चटौतको अध्यक्षमा कार्यक्रम गरिएको छ । अध्यक्ष चटौतले प्रतिस्पर्धी र विश्वको माग अनुसारको जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर अघि बढेको बताए ।

