
कञ्चनपुर, भदौँ २६ कञ्चनपुरको झलारीमा राष्ट्रिय प्रजातन्त्र पाटीले देउडा कार्यक्तम गरेको छ । राप्रपा शुक्लाफाँटा नगर समितिले तीनदिनदेखि देउडा कार्यक्तम गरेको हो । राप्रपा निकट महिला संगठन केन्द्रीय सदस्य लक्ष्मी सिह(चन्द)ले सुदूरपश्चिमको मौलिक लोक, संस्कृति सरक्षणका लागि देउडा कार्यक्रम गरिएको बताईन । उनले पछिल्ला दिनहरुमा लोभ भईरहेको संस्कृति सरक्षणका लागि तीनै सरकार उदाशिन भएकाले पाटीले आयोजना नै गरेर कार्यक्रम गरेको बताईन । देउडा कार्यक्रममा कलाकार भानुभक्त जोशी, आरजे भट्ट सहित रहेका छन । राप्रपा युवा नेता सम्राट सिहले सुदूरपश्चिमेलीको आफ्नो मौलिक लोक परम्परा सरक्षणका लागि यस्ता कार्यक्रमले थप टेवा पुग्ने बताए । उनले युवा पुस्तामा समेत देउडाखेल पुस्तान्तरण आवश्यक रहेको औल्याए ।
