बिहि, बैशाख २४, २०८३

आचार्य कृष्ण दमाईद्वारा कखरा सिकेको विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री सहयोग


कञ्चनपुर,भदौँ २५ ।आचार्य कृष्ण दमाईले आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन । आचार्य दमाईले माध्यामिक शिक्षासम्म अध्ययन गरेको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका हुन । शिशुदेखि कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका अति पाँच विद्यार्थीलाई आचार्य दमाईले विद्यालय पोषाकदेखि अन्य सबै विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन ।मंगलबार एक कार्यक्रमका विच आचार्य दमाईले आफुले कखरा अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका हुन । अति विपन्न विद्यार्थी कक्षा ५ का कौसल सुनार, कक्षा ६का मिना धामी, रविन सुनार, कक्षा ९ का गोपाल विक र भरत रैकाललाई एक एक जोर विद्यालय पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका छन । विद्यालयका सबै विद्यार्थीलाई कापी, कलम, पेन्सिन वितरण गरेका छन । यसका साथै आचार्य दमाईले आफुलाई अध्ययन गराउने सबै शिक्षक, शिक्षिक, विद्यालय कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीलाई दोसल्ला ओढाएर कलम दिदै सम्मान गरेका थिए । विद्यालयले पनि आचार्य दमाईलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । विद्यालयलाई भगवान गौतम बुद्धको मूर्ति, धार्मिक पुस्तक समेत हस्तान्तरण गरेका छन । बैजनाथ विद्यालयका प्रद्यानाध्यापक मदन बहादुर विष्टले ०६४ सालमा एसएलसी विद्यालय टपर विद्यार्थी कृष्ण आचार्यले विद्यालयको राष्ट्र, अन्र्तराष्ट्रिय स्तरमा छवि कमाएको बताए । प्रअ विष्टले शिशुदेखि कक्षा १० सम्म आचार्य कृष्ण दमाई पहिल्यैदेखि मेहनती, ईमान्दार एव कर्तव्यनिष्ट विद्यार्थी भएको बताए । बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष मान बहादुर विष्टले मानिस जातले नभई ज्ञानले ठुलो बनाउने बताए । आचार्य कृष्ण दमाईले आफ्नो विगतमा विपन्न अवस्था भएकाले विद्यालय, शिक्षक गुरुहरुको सहयोग, सदभाव, आर्शिवादले यहाँसम्म पुगेको बताए । विद्यालयको भूमिमा ढोक्दै आफुले (कखरा) अध्ययन गरेको विद्यालयका सम्पूर्ण गुरुहरुप्रति आभार प्रकट गर्दै विद्यालयको बृद्धि विकासका लागि सहयोगको प्रतिबद्धता जाहेर गरेका छन । आचार्य कृष्ण दमाईले दलित समुदायबाट संस्कृति विषयमा पहिलो आचार्य उर्तिण गरेका छन । महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार समेत रहेका आचार्यले गत साउन पशुपतिमा लागेको कोटिहोममा ब्याँसाचार्यमा बसेर प्रबचन दिएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply