बुध, बैशाख २३, २०८३

अखिल क्रान्तिकारी बेलौरी नगरको अध्यक्षमा चौधरी


कञ्चनपुर।नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी बेलौरी नगरको अध्यक्षमा प्रभुनारायण चौधरी चयन भएका छन ।शनिबार सम्पन्न भएको अखिल क्रान्तिकारी बेलौरी नगरको दोस्रो नगर भेलाले अध्यक्षमा चौधरीलाई सर्वसम्मत चयन गरेको हो ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सह संयोजक दल बहादुर धामी९अबिरल०ले सहमतीय आधारमा क्रान्तिकारी बेलौरी नगरको कमिटि विस्तार गरिएको बताए ।

उपाध्यक्ष सरस्वती तिरुवा, नारायण राना, पार्वती भट्ट, सचिव भोजराज एसके सहितका ३१ सदस्य रहेका छन ।अखिल क्रान्तिकारी नगर भेलामा माओवादी केन्द्र र अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार

Leave a Reply