कञ्चनपुर, ११ पुष सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले अघिल्लो सरकारले व्यक्ति विशेषका ल्याएका योजना आफुले काटेको बताएका छन ।
बिहीबार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको पदस्थापना दिवस कार्यक्रममा आर्थिक मामिलामन्त्री थापाले अघिल्लो सरकारले व्यक्ति विशेषका ल्याएका योजना आफुले काटेको बताएका हुन ।
‘म विशेष जटिल परिस्थितिमा मन्त्री बनेको हुँ, अधिल्ला सरकारले व्यक्ति विशेषका लागि ल्याएका योजना काटे, ‘उनले भने, ‘राम्रो योजना मात्रै ल्याएका छु अब प्रदेशका योजना अघि बढ्छन ।
’ बजेटमा अघिल्ला सरकारका योजनामा थुप्रै कमिकजोरी भएकाले योजना संशोधन गरेर नयाँ बजेट ल्याएको बताए ।
सविधान संशोधन मार्फत मुलुकमा सुशासन ल्याउनुपर्नेमा जोडदिदै उनले आर्थिक सुशासन कायममा जोडदिएका छन । प्रदेश सरकारले आर्थिक बृद्धि विकासका कार्यक्रम अघि संचालन गरेको बताए ।
आर्थिक सुशासनदेखि वित्तिय सुशासनका लागि पत्रकारको समेत महत्वपूर्ण भूमिका हुने बताए ।

