बिहि, जेष्ठ २१, २०८३

कञ्चनपुरको बेलडाँडीबाट ब्राउनसुगर सहित २ जना पक्राउ


बेलडाँडी । बेलडाँडी गाउँपालिकाबाट एक भारतीय नागरिक सहित २ जना ब्राउन सुगर सहित पक्राउ परेका छन् ।

हिजो आइतबार बेलडाँडी गाउँपालिका वडा नं. ३ बैवाहाको ३२ नम्बर पिल्लर नजिकबाट भारतको टाटरगन्जका चुम्मन सिंह र बेलडाँडी २ का सन्दिप शाही ब्राउन सुगर सहित पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १३.३९ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

उनीहरूलाई सोमबार जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पछिल्लो समय कञ्चनपुरको दक्षिणी क्षेत्रका खुलानाकाबाट ब्राउन सुगरको धन्दा निकै फस्टाउन थालेको छ । पहिले लुकीछिपी कारोबारीले धन्दा चलाइरहेका थिए ।

तर, प्रहरीले निगरानी बढाएपछि यतिखेर कारोबारीले फरक किसिमले ब्राउन सुगर बोक्न थालेका छन् ।खुला सिमाना नै लागूऔषध ओसार पसार नियन्त्रणमा प्रहरीको मुख्य चुनौती बनेको छ ।

लागूपदार्थ ओसारपसार र बेचबिखन रोकथाम गर्न सरकारको मात्र मुख नताकी जनता आफैँ जागरुक हुनुपर्ने स्थानीयको बुझाई छ ।

सम्बन्धित समाचार

Leave a Reply