खडक रावल कञ्चनपुर, १७ मसिर कञ्चनपुरको दोधाराचाँदनीमा फेरी बाघले आतङ्क मच्चाएको छ । चार महिना अघि एक महिलाको ज्यान लिएको बाघले फेरी अहिलेपनि आतङ्क मच्चाएको हो ।
सोमबार बिहान बाघले दोधाराचाँदनी नगरपालिका २ सरस्वती टोलका ६३ बर्षिया शेर सिह साउद बृद्धमाथि आक्र्रमण गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश राज जोशीले गाँउकै मायापुरी जंगलमा भाईभैसी चराउन गएका बेला आक्र्रमण गरेर घाईते बनाएको बताए ।
बाघको आक्र्रमणबाट घाईते भएका साउदको चुउडो र हातमा गम्भिर घाउ भएको छ । घाईते साउदको दोधरााचाँदनी नगर अस्पतालमा उपचार हुन सनेकेपछि महाकाली अस्पतालमा उपचार भईरहेको छ । घाईते साउदले भाग्यले बाचेको बताएका छन ।
ठिक चार महिना अघि १७ साउनमा बाघकै आक्र्रमणबाट दोधाराचाँदनी २६ बर्षिया महिलाको मृत्यु भएको थियो । फेरी चार महिनापछि बाघको आक्र्रमण शुरु भएपछि स्थानीय त्रसित भएका छन ।

