महेन्द्रनगर: कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा ३७औं विश्व एड्स दिवस भब्यताका साथ मनाएको छ।डिसेम्बर १ तारिख मनाइने विश्व एड्स दिवस कञ्चनपुर जिल्लाको महेन्द्रनगर एक कार्यक्रमका साथ स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा र विभिन्न संघसंस्थाको सहकार्यमा “एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका साथ ३७ विश्व एड्स दिवस स्वास्थ्य कार्यालय कञ्चनपुरमा मनाएको हो।उक्त दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था सम्मानित भएका छन्।
सम्मानित हुने संस्था सहयात्रा नेपाल कञ्चनपुर नेपाल राष्ट्रिय समाज कल्याण संघ ( एनएसडब्लुए) का एचआईभीएड्सको क्षेत्रमा कार्यरत विभिन्न परियोजना, नव आशा, सचेतन नारी समाज, महाकाली एआरटी र दोधारा चादँनी एआरटी सेन्टरलाई स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत ओम प्रकाश जोशिले प्रशंसा पत्र हस्तान्तरण गर्नु भएको छ।
उक्त दिवसको अवसरमा आयोजना कार्यक्रममा सहयात्रा नेपालले यातायात खर्च सहयोग , नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कञ्चनपुर ( इपिक परियोजना) ले काबा बालबालिका ला दुई जोड र सचेतन नारी समाज कञ्चनपुरले एक जोड न्यानो लुगा सहयोग समेत गरेको छ।सहयात्रा नेपाल कञ्चनपुरमा सञ्चालन ( यूएसआईडी एचआईभी कम्नेटी सर्भिस) परियोजनाको बारेमा सम्पुर्ण उपस्थित सरोकारवाला निकायलाई परियोजना संयोजक चाल्स बोन सिजापतिले जानकारी गराउनु भएको थियो।
कञ्चनपुर क्षेत्रमा एचआईभीएड्स रोकथाम तथा नियन्त्रणका लागि कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको अतुलनीय योगदान पुर्याउनु भएको छ, जसमा आज सकारात्मक प्रभाव संगै अग्रसरले ठुलो सहयोग रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत जोशिले बताए।
उनले सम्पुर्ण लाई धन्यवाद साथ आगामी दिनमा स्वास्थ्य कार्यालय कञ्चनपुरको निरन्तर साथ सहयोगको रहने छ। सन् २०१० यता एचआईभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्ये नेपाल पनि रहेको छ।

