बिहि, जेष्ठ २१, २०८३

कलुवापुर–बेलौरी सडक कालोपत्रेको माग अघि सारेर आन्दोलन जारी तर सरोकारवालाले कुम्भकरण निन्द्रामा


भोजराज जोशी कञ्चनपुर, मंसिर १३ जिल्लाको सिङ्ग दक्षिणी क्षेत्रको भूगोल जोड्ने कलुवापुर बेलौरी सडक कालोपत्रेको माग अघि सारेर चार दिनदेखि स्थानीयले गरेको आन्दोलनमा सरोकारवाला निकायले वेवास्ता राखेका छन । सोमबारदेखि शुरु भएको आन्दोलन बुधबारसम्मै जारी राखेका छन ।

तर तीनदिनसम्म स्थानीयले सडक सुधारको माग अघि सारेर आन्दोलन गर्दा पनि सडकको आवाज स्थानीय, प्रदेश र संघीय सरकारले नसुनेपछि स्थानीय झन चिढिएका छन । उनीहरुले सरोकारवालाले कुम्भकरण निन्द्रामा निदाएको भन्दै माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएका छन ।

संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण भएको उक्त सडक कालोपत्रेका लागि धनगढीका ठेकेदार सुनिल थापा नेतृत्वको सन्तोषी थेगिम जेभीले ठेक्का पाएको थियो तर, ठेक्का पाएर सम्झौता अनुरुप कालोपत्रे नगर्दा सडक छेउछाउका स्थानीय धुलाम्मे भएको भन्दै आन्दोलन गरेको स्थानीय महेश विष्टले बताए ।

आन्दोलनको पहिलो दिन शुनपा ११की एक वडा सदस्य मात्रै आन्दोलनमा आएर जनताको कुरा सुनेपनि अन्य तीनै तहका सरकार नआएको जनताको गुनासो छ । पटक पटक ठेकेदारबाट ठगिएको भन्दै उनीहरुले अब माग पुरा नहुँदासम्म निरन्तर आन्दोलनमा उत्रिने बताएका छन ।

स्थानीय दिलिप चुनाराले बुधबार पनि सडक कालोपत्रे गर्ने भन्दै कुनै निकाय निकाय आन्दोलनकारीसंग वार्ता गर्न नआएपछि बिहीबार पनि जारी रहने बताए । सडक कालोपत्रे नहुँदा छेउछाउका घर यात्रु मारमा पर्दै आएका छन ।

सम्बन्धित समाचार

Leave a Reply