बिहि, बैशाख २४, २०८३

रौलेश्वरका शिक्षक दिपक भट्ट भन्छन, ‘हेडसर कृपाराम उपाध्यायमा प्रशासनिक क्षमता नै छैन’



कञ्चनपुर, भदौँ ३
कञ्चनपुर बेलडाँडी गाँउपालिका २ को रौलेश्वर माध्यामिक विद्यालयका एक जना शिक्षक आफ्नै हेडसर बिरुद्धमा देखिएका छन । रौलेश्वर माध्यामिक विद्यालयका शिक्षक दिपक भट्टले हेडसर कृपाराम उपाध्यायमा प्रशासनिक क्षमता नभएको आरोप लगाएका छन ।
शिक्षक भट्टले विद्यालयको वातावरण सुधार गरी विगत कै छविमा विद्यालय पु¥याउन वर्तमान हेडसरले १०१ प्रतिशत नसक्ने समेत ठोकुवा गरेका छन । विद्यालयको अध्यक्ष चयन प्रकृया विवाद बारे समाचार प्रकासित भएपछि शिक्षक भट्टले समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्दै अहिलेका हेडसर उपाध्यायमा प्रशानिक क्षमता नै नभएको दावि गरेका हुन ।
शिक्षक भट्टले विद्यालयमा अध्यक्ष प्रकृया विवाद बारे समाचार बारे यस्तो कमेन्ट गरेका छन । ‘विद्यालयको वातावरण सुधार गरी विगतकै छविमा विद्यालय पु¥याउन वर्तमान हेडसरले १०१ प्रतिशत सक्नुहुन्न । उहाँमा प्रशासनिक क्षमता छैन । यो कुरा बेलडाँडीका जिम्मेबार व्यक्ति सबैलाई थाहा छ । किन कि ०७७ सालमा विद्यालयका २१ जना शिक्षक कर्मचारीले हेडसरको कार्यशैली बिरोध गर्दै प्रेसविज्ञप्ती लेखेका थिए । तेति पनि पत्रिकाले समाचार लेखेकै थियो । तर चासो कसैले दिएन ? भनेर धारणा व्यक्त गरेका छन ।
‘विद्यालयमा भएको टिमको पहिचान गर्न नसक्ने, ‘टिम परिचालन गर्न हेडसरमा क्षमता छैन, ‘उनले भने, ‘शैक्षिक गुणस्तरमा उहाँ लाग्नु हुन्छ तर सिङ्गो टिमको परिचालन गर्न उहाँका आईडिया छैन, यसरी कसरी विद्यालयको बृद्धि विकास हुन्छ ।’ विद्यालयको अध्यक्ष चयन प्रकृयामा विवाद बारे समाचार रिर्पोटिङका क्रममा संचारकर्मीले प्रअ कृपाराम उपाध्यायसंग प्रतिकृया लिने क्रममा तपाई बिरुद्ध शिक्षक कर्मचारी दै देखिएका छन । भन्ने प्रशनमा प्रअ उपाध्यायले आफ्ना अगाडी कसैले पनि केही नभन्ने बाहिर के भन्ने बारे थाहा नभएको बताएका थिए ।

सम्बन्धित समाचार

Leave a Reply