कञ्चनपुर, भदौँ १ । नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्र फुयाल चयन भएका छन । शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको भेलाले अध्यक्षमा फुयाललाई चयन गरेको हो ।
उपाध्यक्ष मनिराज रेग्मी, सचिव गणेश सुवेदी, कोषाध्यक्ष सन्तोष खत्री, सदस्यहरु मदन खत्री, अन्तराम जोशी, खगेन्द्र बस्नेत, पवन कडेल बैद्य तामाङ्ग रहेका छन ।नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको अध्यक्ष ज्ञानेन्द्र फुयालले निर्माण व्यवसायीहरुको हक अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
कञ्चनपुरका युवा स्वच्छ छवि भएका फुयालले निर्माण व्यवसायीहरुलाई परेको पिरमर्का सम्बोधन गर्दै निर्माण क्षेत्र थप प्रतिस्पर्धात्मक बनाएर स्तरिय बनाउने प्रण गरेका छन ।

