बिहि, बैशाख २४, २०८३

आफ्नै स्कुल बसको ठक्करले विद्यार्थी अनमोल मृत्यु प्रकरण ः मृतक कुँवर विद्यालयविच सहमती


कञ्चनपुर, २९ कार्तिक आफ्नै स्कुल बसको ठक्करले मृत्यु भएका विद्यार्थी अनमोल कुँवरको घर परिवार विद्यालयविच सहमती भएको छ । बुधबार ईलाका प्रहरी कार्यालय झलारीमा मृतक पक्ष र विद्यालयविच घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीदेखि मृतक पक्षलाई न्याय दिने सहमती भएको हो । मृतक अनमोलका मामा शेर बहादुर विष्टले सहमतीपछि शव अन्त्येष्टी गर्ने सहमती भएको बताए । कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले उक्त घटनामा मृतक पक्ष र विद्यालयविच सहमती भएको बताउँदै घटनाको अनुसन्धान अघि बढीसकेकोे बताए । भारतको ब्याङलोरमा कार्यरत मृतक अनमोलका बाबु टेक बहादुर कुँवरले चालकदेखि ६ जनाको नाममा किटानी जाहेरी दिएका थिए । बालकका घर परिवार आफन्तले घटना हुँदादेखि उपचारसम्मै विद्यालय एव संचालक समितिको चरम लार्पबाहीले घाईते बालकले ज्यान गुमाउनु परेको भन्दै दोषि सबैमाथि छानबिन गरेर कार्बाहीको माग अघि सारेका छन आफै अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको बसको ठक्करले मृत्यु भएको थियो । विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ बंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुलको ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालयका बालक कुँवरको मृत्यु भएको थियो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए । मंगलबार बालकका आफन्त एव अन्य विद्यार्थीले विद्यालय पदाधिकारी, प्रशासन जिम्मेबार नभएको भन्दै आक्र्रोसित स्थानीयले विद्यालय घेराउ गरेर विदालयमा आगजनी एव आन्दोलन गरेका थिए । बुधबार ईप्रका झलारीमा विद्यालय र मृतक पक्षविच १८लाख दिने गरी सहमती भएपछि पीडित पक्षबाट दिएको उजुरी समेत फिर्ता भएको विद्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply