बिहि, बैशाख २४, २०८३

नेपाल टेलिकमको सेवा अवरुद्ध हुने


कञ्चनपुर/ सावन३२ ।नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो ।

नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ । त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको छ । 

 यसबाट ग्राहक वर्षमा पर्न जाने असुविधाप्रति टेलिकमले क्षमासमेत मागेको छ ।

सम्बन्धित समाचार

Leave a Reply