आइत, असार ७, २०८३

महेन्द्रनगरमा मध्यरात नालामा खस्यो हाइस


कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित ब्रह्मदेव लिंक रोड नजिक हाइस दुर्घटना भएको छ। कल्भर्डबाट हाइस हुत्तिएर नाला खसेको छ।

वडा प्रहरी कार्यालयका अनुसार सोमबार राति साढे १० बजेतिर प्रदेश ३–०१००५ ख ९३६० नम्बरको हाइस दुर्घटनामा परेको हो।हाइसमा चालक र सहचालक मात्रै थिए।

उनीहरु सकुसल रहेको प्रहरीले जनाएको छ। नालामा खसेको हाइस निकाल्न समन्वय भइरहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार

Leave a Reply