बुध, जेष्ठ २०, २०८३

सुदूरपश्चिम कल्याणकारी समाज यूएईद्वारा भीनपा ११की छात्रा पुर्णिमा जोशीलाई सहयोग


कञ्चनपुर, कार्तिक ११ सुदूरपश्चिम कल्याणकारी समाजले कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेलाकी पुर्णिमा जोशीलाई सहयोग गरेको छ । आर्थिक रुपमा कमजोर रहेकी छात्रा जोशीलाई यूएईमा रोजगारी गर्दै आएका नेपाली युवाहरुको साझा सस्था सुदूरपश्चिम कल्याणकारी समाजले आर्थिक सहयोग गरेको हो । सुदूरपश्चिम कल्याणकारी समाजलका अध्यक्ष विक्रम बुढाले आर्थिक रुपमा कमजोर रहेकी छात्रा जोशीलाई शैक्षिक समाग्री एक शैक्षिक सत्र बराबरको रकम हस्तान्तरण गरिएको बताए । सुदूरपश्चिम कल्याणकारी समाजले नेपाली विद्यार्थीको शिक्षामा टेवा पु¥याउने उदेश्यले सानो आर्थिक सहयोग गरेको जनाएको छ । आर्थिक सहयोग पाएकी जोशीले परदेशमा रहेका दाजुहरुबाट आर्थिक सहयोग पाएपछि हर्षित भएकी छिन ।

सम्बन्धित समाचार

Leave a Reply