बिहि, जेष्ठ २१, २०८३

प्रतिशोध विरूद्ध रास्वपा कञ्चनपुरद्धारा डोकेवजार देखि बेलडाँडी सम्म मोटरसाईकल ¥याली


बेलडाँडी । राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन जारी राख्ने निर्णय अनुसार कञ्चनपुरको डोकेवजार देखि बेलडाँडी सम्म सरकारको विरोध सहित मोटरसाईकल ¥याली निकालेको छ । सनिवार कञ्चनपुर राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिशोधका विरूद्ध मोटरसाईकल ¥याली सहित विरोध प्रदर्शन गरेको हो । कञ्चनपुरको डोकेवजार हुदै पुनर्वास आइविआरडी, बेलौरी र बेलडाँडीको चवन्नी बजारमा कोण सभाको आयोजना गर्दै विरोध प्रदर्शन गरेको हो ।सरकारमा रहेकाहरुले राजनीतिक प्रतिशोधका आधारमा सभापति रवि लामिछानेलाई पक्राउको विरोधमा निरन्तर विरोध सभा र प्रदर्शन गर्दै आएको रास्वपाले जनाएको छ । रास्वपा नेताहरुले प्रतिशोधको विरुद्धमा सबैले लाग्नुपर्ने भन्दै भोलि महेन्द्रनगर हुने विरोध सभामा सरिक हुन सबैमा आग्रह गर्नु भयो ।लगातार ८ दिन देखि देशभर रवि समर्थकहरुले आन्दोलन गरिरहेका छन् । पार्टीको आदेश अनुसार आज शनिबार मोटरसाईकल ¥याली सहित डोकेबजार देखि बेलडाँडी सम्म प्रदर्शनका साथै कोण सभा गरेको रास्वपा बेलडाँडी सभापति तेज सिंह धामीले जनाकारी गराउनु भयो । उनका अनुसार डोकेबजार बाट ११ बजे मोटरसाईकल ¥याली निकालेर चोकचोकमा विरोध सभा गर्दै आएका थिए ।सभापति धामीले भने ‘रवि लामिछाने दोषी हो भने उनीमाथि छानबिन गरेर कारबाही हुनुपर्छ तर तिनै केपी शर्मा ओलीले हिजो रवि निर्दोष भनेको हैन ? प्रहरी प्रमुखले निर्दोष भनेको हैन ?’ ‘आज तिनै व्यक्तिले तिनै निर्दोष भनिएका रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध बाहेक अरु केहि नभएको जिकिर गरे ।

सम्बन्धित समाचार

Leave a Reply