काठमाडौं कार्तिक १० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय बालाजुमा दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीति, पार्टी सभापति रवि लामिछाने पक्राउपछिको परिस्थिति, जारी आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ । सहकारी ठगी तथा सङ्गठित अपराधको आरोपमा यही कात्तिक २ गते पार्टी सभापति लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही राति पोखरा लगिएको थियो । कास्की जिल्ल अदालतले पहिलो पटक अनुसन्धानका लागि दिएको ६ दिनको समय सकिएपछि बिहीबार फेरि ७ दिनको समय थप भएको छ । ६ दिनसम्म पोखरामा प्रदर्शन गरेको रास्वपाले हिजोबाट काठमाडौं केन्द्रित आन्दोलन थालेको छ । रास्वपाले हिजो काठमाडौंमा भएको प्रदर्शनको समेत आजको केन्द्रीय समिति बैठकमा समीक्षा गर्नेछ ।

