कञ्चनपुर ।कञ्चनपुर उद्योग वाणिज्य संघको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार संघकै सभाहलमा उद्योग वाणिज्य संघको ३३औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभाको उद्घाटन समारोहको अध्यक्षता ग्रहण समेत रहेका कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले क्षेत्रकै औद्योगिक बृद्धि विकासका लागि पूर्वाधारमा जोडदिएका छन । अध्यक्ष जोशीले महाकाली नदीमा निर्माणाधिन भएको नेपाल भारत जोड्ने बनबासा पुल खुल्ने समय बृद्धि पनि संघकै पहल भएको स्मरण गराउँदै दोधाराचाँदनी सुक्का बन्दरगाह, दैजी औद्योगिक क्षेत्र विस्तार, महाकाली कोरिडोर विस्तार, हुलाकी सडक विस्तारदेखि विद्यमान उद्योगी व्यवसायीहरुका आम आर्थिक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन । आर्थिक बृद्धिदेखि मुलुकको सम्बृद्धिका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको समेत औल्याउँदै उनले सरकारले औद्योगिक पूर्वाधार विकासका कार्यक्रम अघि बढाउनुपर्नेमा जोडदिए । चार बर्ष अघि अहिलेकै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेकै दैजी औद्योगिक क्षेत्र ंसचालन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन । अब कुरा, भाषणले नभई तीनै तहका सरकारले काम गरेर देखाउनुपर्ने अध्यक्ष जोशीको टिप्पणी थियो । संघले समग्र जिल्लाको आर्थिक विकासको भूमिका निर्वाह गर्दै आएको अध्यक्ष जोशीको भनाई छ । संघले विगत र भावि दिनमा समेत स्वदेशी बस्तु तथा सेवाको अन्र्तराष्ट्रिय बजार प्रर्बद्धनका लागि भारतको देहरादुनमा मेला लगाएको बताए । कार्यक्रमको संचालन गर्दै कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उद्योगी व्यवसायीको हतहितका साथै क्षेत्रको औद्योगिक व्यवसायिक विकासका लागि थुप्रै कामकाज गर्दै आएको बताए । महासचिव बोहराले स्थानीयदेखि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरसम्मका समाजिक एव आर्थिक गतिबिधी गर्दै आएको बताए । कार्यक्रममा पत्रकारदेखि उद्योगी व्यवसायीलाई सम्मान गरिएको छ । वाणिज्य संघले वाणिज्य खानेपानी उद्योगी डिपी खरेल, संघका पुर्व अध्यक्ष गणेश दत्त जोशी, उद्योगी हरिकृष्ण भट्ट, खानेपानी उद्योगी डिपी खरेल, छापाखाना व्यवसायी बलदेल अवस्थीलाई पनि सम्मान गरेको छ । खरेल लामो समयदेखि खानेपानीका उद्योगी हुन । खरेल महेन्द्रनगरको शिव महादेव वाटर एण्ड मल्टी प्रोडक्सन ईण्डष्ट्रिजका संचालक पनि हुन । लामो समयदेखि खानेपानी व्यवसाय गर्दै आएका खरेलले विभिन्न सार्वजनिक क्षेत्रमा निःशुल्क पानी पनि उपलब्ध गराउँदै आएका छन । उद्योगी, व्यवसायी खरेल, जोशी, भट्टलाई पनि यस क्षेत्रको आर्थिक समाजिक विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । संघकै कर्मचारी मान बहादुर डगौरालाई पनि सम्मान गरिएको छ । गत शैक्षिक सत्र ०८०मा चार जिपिए ल्याउने दुई विद्यालयलाई पनि सम्मान गरिएको छ । ईन्टरनेशनल पब्लिक स्कुल महेन्द्रनगर र कञ्चनजङ्ग ईङलिस सेकेन्ड्री स्कुल गुलरियालाई सम्मान गरेको हो । ईन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले सम्मान पत्र ग्रहण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक बृद्धि विकासका लागि निजी क्षेत्रसंग सहकार्य गर्ने बताए । कार्यक्रममा सुप प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सरकारी मन्त्री बीर बहादुर थापा(पातल)ले औद्योगिक बृद्धि विकासमा जोडदिए । कार्यक्रममा उद्योगी, व्यवसायी सहितका सरोकारवालाको सहभागिता रहेको थियो ।

