कञ्चनपुर, असोज ३० हरेक जसो दशैँ, तिहारका बेला सवारी दुर्घटना हुनेक्रम अझै रोकिएको छैन । यस बर्ष पनि दशैँसंगै दुर्घटना निरन्तर भईरहेका छन । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौँडीका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका(७ खसरेखानमा दुर्घटनामा परेको छ । गएराति पवनदुत यातायात प्रालिको ना ८ ख १)७८ नम्बरको बस सडकबाट करिब २५) मिटर तल खसेर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।दुर्घटनामा एक पुरुष, २ महिला र एक नाबालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले बताए । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको उनले बताए । दुर्घटनामा घाइते हुनेमा पुचौर्डी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं। ६ का २४ वर्षीय राजेन्द्र साउँद, वडा नं। ८ का ४२ वर्षीय पदम बोहरा, २४ वर्षीय बस चालक बिरेन्द्र बोहरा, वडा नं। ७ का २८ वर्षीय नवराज रतौकी, २) वर्षीय सुरेन्द्र रतौकी रहेका छन् । यसैगरी, पुर्चौडी नगरपालिकाकै वडा नं। १) का दामोदर महरा, धनबहादुर महरा, कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, वडा नं। ५ की ६५ वर्षीय धनमती साउँद, डडेल्धुरा आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

