कञ्चनपुर असोज २८ कञ्चनपुरको भीमदत्त नगरपालिका १४ नम्बर वडा कार्यालय उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका १४का वडाध्यक्ष भोजराज जोशीले भाडाको घरमा संचालन हुँदै आएको भवन अब आफ्नै भवनबाट जनतालाई सेवा प्रवाह गर्ने बताए । वडाध्यक्ष जोशीले वडाको समग्र विकासदेखिका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन । उनले आफुले विस ०२२सालदेखि खुल्न नसकेको सडक खोलेर वडाको बृद्धि विकासमा खटिएको बताए । भवन निर्माणसंगै आगामी दिनमा थप नागरिकलाई सेवा प्रवाहमा प्रतिबद्धता जाहेर गरेका छन । वडाध्यक्ष जोशीले आफ्नो वडा निकुञ्जको किनारको बस्ती भएकाले जंगली जनावरदेखि विपद्को जोखिममा भएकाले थुप्रै समस्या समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराएका छन । कैलास राखी कस्क्ट्रक्सन प्रालिले झण्डै डेढ करोड लागतमा उक्त दुईतले भवन निर्माण गरेका थिए । तत्तकालिन मेयर सुरेन्द्र विष्टले भवनको शिलान्यास गरेका थिए । कार्यक्रममा उक्त वडाका विभिन्न क्षेत्रमा रहेर समाजिक बृद्धि विकासका लागि योगदान पु¥याउने दर्जनौँ व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । कवि पिङकी बोहरा, खेदकुद तर्फ महामती खाती, सोनिया ऐडी, विजय दमाई, सुबास उपाध्याय, विष्णू बहादुर सिह, पुर्व शिक्षक रुकमणी विष्ट, प्रेम बहादुर खाती, देव बहादुर खाती, जनस्वाथ्य निरीक्षक महानन्द जोशी, स्वाथ्यकर्मी भरत विष्ट, उत्कृष्ट किसान जगतराम राना, पुर्व शिक्षक ंस्व.मान बहादुर कुँवर, बासुदेव जोशी, निर्माण व्यवसायी ईन्द्रसिह कार्की,पुर्व वडाध्यक्ष हर्कब हादुर खाती, गोरख बहादुर सिह, निर्वतमान वडाध्यक्ष उत्तम बहादुर विष्ट, डा. निरज खाती, प्रेम बहादुर खाती, डा. सुर्य उपाध्याय, भानु बहुमुखी क्याम्पसका उप प्राध्यापक गगन खडका, सुप विश्वविद्यालयका प्राडा. हरिशचन्द्र भट्ट, संस्कृति विश्वविद्यालयका प्राध्यापक हरिलाल जोशी, सुपकै उपप्राध्यापक पृथ्वीराज भट्ट, समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर), अर्थमन्त्रालयका उपसचिव गौरीशंकर उपाध्याय सहितलाई प्रमाण पत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटीले भवनको उद्घाटन गर्दै भवन अनुरुप जनतालाई सेवा सुविधा प्रवाहमा जोडदिए । मेयर बोगटीले भीमदत्त नगरपालिकाले सबै वडाहरुलाई सुविधा सम्पन्न बनाएर नागरिकलाई सेवा प्रवाहमा जोडदिए । उपप्रमुख निलम लेखक जोशीले पनि विकासका लागि पाटी नभनिकन विकासमा एकजुट भएर लाग्नुपर्नेमा जोडदिईन । भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले पालिकाले आफ्नै वडा भवन मार्फत नागरिकलाई सेवा प्रवाह चुस्तदुरुस्त रुपमा अघि बढाउने बताए । लामो प्रतिक्षापछि भीनपा १४का स्थानीय जनताले आफ्नै वडा सरकार भवन पाएपछि हर्षित भएका छन । वडा सदस्य मान बहादुर विष्टले स्वागत मन्तव्य राखेका थिए । शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्ट र कार्यालय सचिव राजेश्वरी शाह(चन्द)ले संचालन गरेको कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, स्थानीय, जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

